चन्द्रागिरि साकोसद्वारा निशुल्क स्वाथ्य शिविर तथा रक्तदान कार्यक्रम

  • बैशाख ८, २०७६

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार निःशुल्क स्वाथ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौँको चन्द्रागिरि ७ महादेवस्थानस्थित सहकारीले आफ्नो १८ औँ स्थापना दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौंको संयुक्त आयोजना तथा ब्लुक्रस हस्पिटल त्रिपुरेश्वर काठमाण्डौं र रक्तसञ्चार केन्द्र बालकुमारी ललितपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा वरिष्ठ छातीरोग विशेषज्ञ डा. सुभासचन्द्र यादव र स्त्रीरोग विशेषज्ञ डा. हेमा प्रधानको विशेषज्ञ सेवा प्रदान गर्नुको साथै फिजिसिएन र मेडिकल अफिसरको टोलीले सामान्य स्वाथ्य जाँच गरिएको थियो ।

कार्यक्रमको लागि प्रभात मा.वि. महादेवस्थान थानकोटले स्थान उपलब्ध गराएको थियो । यसैगरी कार्यक्रममा ७० जना रक्तदाताहरुले रक्तदान गरेका थिए भने २ सय ५० जना संस्थाका सदस्य तथा सर्वसाधारणहरुले स्वास्थ्य शिविरमा सहभागीता रहेको थियो ।

वि.सं. २०५८ साल वैशाख ६ गते ५८ जना व्यक्तिहरु मिलेर ३ लाख ५८ हजार रकम सङ्कलन गरी डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता गरिएको चन्द्रागिरि साकोसको २०७६ चैत्र मसान्त सम्ममा ११ हजार ८ सय ५० जना सदस्य र १ अर्ब ६१ करोडको पुँजी पुगेको छ । संस्थामा हाल १२ प्रकारका बचत, १३ प्रकारका ऋण, १० प्रकारका सदस्य सामाजिक सुरक्षा तथा लाभका कार्यक्रमको साथै ४ प्रकारका अन्य सेवाहरु उपलब्ध रहेका छन् ।

दिगो संस्था, सुखी र समृद्ध सदस्य भन्ने मुल नारा अङ्गिकार गरी आगामी ४ बर्षमा संस्थाले १९ हजार १ सय जना व्यक्तिहरुलाई आवद्ध गराई गुणस्तरीय सहकारी वित्तिय सेवा प्रदान गर्ने र ४ अर्ब ६४ करोड पुँजी परिचालन गरी सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृति जीवनस्तरमा सुधार ल्याउने संस्थाले लक्ष्य लिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू