सहकारीलाई सूचनामैत्री बनाएर लैजान आवश्यक

  • बैशाख ९, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले सहकारीलाई सूचनामैत्री बनाएर लैजान आवश्यक भएकोमा जोड दिनु भएको छ ।

भक्तपुरस्थित दक्षिणकाली महिला तथा बचत ऋण सहकारी लिमिटेडले आजोजना गरेको ‘सूचना प्रविधिमा महिलाको पहुँच’ विषयक दुईदिने तालिमको समापन अवसरमा उहाँले यस्तो बताउनु भएको हो । प्रतिनिधिसभा सदस्य बस्नेतले सूचना प्रविधिको प्रयोग नै आर्थिक विकास र समृद्धिको आधार भएको बताउनुभयो ।

सांसद बस्नेतले वर्तमान समयमा जो व्यक्तिसँग सूचना र प्रविधिको धेरै ज्ञान छ, त्यो व्यक्ति नै संसारमा सबैभन्दा बढी धनी हुने बताउदै सबै सहकारीलाई सूचना प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने विचार राख्नुभयो । सूचनाको प्रयोगमार्फत् सहकारीले उत्पादन वृद्धि गरी व्यापारको व्यापक विस्तार गर्दै रोजगारीमूलक बनाउनुपर्नेमा जोड दिँदै उहाँले उत्पादनलाई उद्योग र उद्योगलाई प्रविधिमैत्री बनाई देशको आर्थिक वृद्धिदरलाई उच्चतहमा पुर्याउन सहकारीको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

उक्त अवसरमा सहभागी ४० महिलालाई हातमा भएको मोबाइलको प्रविधिले कसरी सूचना प्रवाह गर्न सकिन्छ भन्नेबारेमा तालिम दिइएको संस्थाका अध्यक्ष सुशीला सुवेदीले जानकारी दिनुभयो ।

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू