सहकारी बैँकको लेखा तथा सफ्टवेयर सञ्चालन तालिम सम्पन्न

  • बैशाख ११, २०७६

राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा ५ दिने लेखा तथा सफ्टवेयर सञ्चालन तालिम सम्पन्न भएको छ ।

बैँकको हेफर इन्टरनेशलनको वित्तिय सहयोगमा बाँकेको नेपालगञ्जमा तालिम कार्यक्रम सम्पन्न भएको हो । तालिममा बैंकको सञ्चालक समिति सदस्य बिजया धितालको अध्यक्षता, हेफर इन्टरनेशनल नेपालका एसोसियट डाइरेक्टर दुर्गा के.सीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेफर इन्टरनेशनलका वरिष्ठ प्रबन्धक बुद्धि खत्री, बजार प्रबन्धक प्रसाद क्षेत्री, नेपालगञ्ज क्षेत्र प्रवन्धक कृष्ण कट्टेल, अधिकृतहरु श्रेष्या खड्का, रुपेश उपाध्याय, राष्ट्रिय सहकारी बैंक कोहलपुर शाखा प्रमुख निताकुमारी थापा, हारति टेक्नोलोजिका बजार प्रबन्धक गम्भीर महर्जन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनमा सहभागिको तर्फबाट बोल्दै अप्सरा सामाजिक उधमी महिला सहकारी संस्थाका व्यवस्थापक झुपा विष्टले तालिम फलदाई भएको बताउदै यस्तो कार्यक्रम निरन्तर सञ्चालन गर्न सके संस्थाले निधारण गरेका उद्धेश्यहरु सहज रुपमा प्राप्त गर्न सक्ने बताउनु भएको थियो । तालिम राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक नारायण बेल्वासे र हारती टेक्नोलोजिका बजार प्रबन्धक गम्भीर महर्जनको सहजिकरण सम्पन्न भएको छ ।

कार्यक्रममा प्यूठान, दाङ, सल्यान, बाँके, बर्दिया र सुर्खेतका विभिन्न सहकारी संस्थाका व्यवस्थापक तथा ६ जना सि.सि.बि. एफ. तथा साझेदार संस्थाका ३ जना लेखापाल गरी ३२ जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू