नेफ्स्कूनद्वारा प्रदेश नम्बर ४ मा युवा गोष्ठी गर्ने निर्णय

  • बैशाख ११, २०७६

नेफ्स्कूनले प्रदेश नम्बर ४ मा युवा गोष्ठी सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेफ्स्कूनको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा बसेको युवा परिचालन उपसमितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रादेशिक तह अन्तर्गत सातवटै प्रदेशमा प्रादेशिक युवा गोष्ठी आयोजना गर्ने लक्ष्य अनुरुप बैठकले प्रदेश नं. ४ र गण्डकी प्रदेशको पोखरामा मिति २०७६ जेष्ठमा प्रादेशिक युवा गोष्ठी सञ्चालन गर्ने निर्णय गरेको छ ।

युवा उद्यमीहरु मार्फत समृद्ध राष्ट्र निर्माणको लक्ष्य सहित साकोस मार्फत युवा उद्यमशिलता विषयक गोष्ठी आयोजना गर्ने सन्दर्भमा संघको आयोजनामा यस अगाडि प्रदेश नं २, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न भइसकेका छन् ।

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू