स्मरण सहकारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • बैशाख १२, २०७६

काठमाडौंस्थित स्मरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले काठमाडौ बचत तथा ऋण सहकारी संघ लि. (कास्कुन) र ब्लड डोनर्स एशोसिएसन नेपाल (BLODAN) को संयोजन तथा हिमाल ब्लड ट्रान्फ्युजन सेन्टरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम बुधबार सम्पन्न भएको हो । सो अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरी मानवीय सेवामा प्रशंसनीय कार्य गरेको भन्दै हिमाल ब्लड ट्रान्फ्युजन सेन्टर र स्मरण साकोसले रक्तदाताहरुलाई छुट्टा छुट्टै प्रशंसा पत्र प्रदान गरेको थियो ।

स्मरण साकोसले हरेक नयाँ वर्षको आसपासमा संस्थाको क्लालेण्डर वितरण, शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रम बिजय स्मारक मा.वि.को प्राङ्गणमा गरिएको थियो भने ६८ जनाले रक्तदान गरेको जनाइएको छ ।

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू