सहकारी बैँकको लेखा व्यवस्थापन तालिम जनकपुरमा सुरु

  • बैशाख १६, २०७६

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय जनकपुरको आयोजनामा ४ दिने ‘लेखा व्यवस्थापन तालिम’ सुरु भएको छ ।

बैंकका सञ्चालक तथा प्रदेश नं.२ का संयोजक विश्वनाथ मंडलको अध्यक्षता, सञ्चालक ध्रुव नारायण यादव, तालिम अधिकृत सुर्य प्रसाद रिमाल, शाखा प्रमुख सन्तोष ढकालको आतिथ्यतामा आइतबारदेखि तालिम सुरु भएको हो । तालिम उद्घाटनका अवसरमा बोल्दै सञ्चालक विश्वनाथ मन्डलले तालिम कार्यक्रमले सहभागीहरुको क्षमता विकास तथा संस्थागत विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी सञ्चालक ध्रुब नारायण यादवले सिकाई एक प्रक्रिया भएकाले आफुले जानेका ज्ञानलाई व्यवहारमा उतार्न र नयाँ सिपहरु सिकेर जान सहभागीहरुलाई आग्रह गर्नुभयो । प्रशिक्षक सुर्यप्रसाद रिमालले प्रशिक्षण गर्नु भएको तालिमलाई शाखा प्रमुख सन्तोष ढकालले सहजिकरण गर्नुहुनेछ ।

तालिम कार्यक्रममा धनुषा तथा महोत्तरी जिल्लाका विभिन्न सहकारी संस्थाहरुका २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू