देशभर सेवा विस्तार सञ्चालन गर्ने तयारीमा सहकारी बैँक

  • बैशाख १७, २०७६

देशभरका सहकारीहरुको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७७ वटै जिल्लाबाट बैंकको सेवा प्रदान गर्ने गरी शाखा विस्तार गर्ने भएको छ ।

बैंकको सेवा सबै जिल्लामा पु¥याउने उद्देश्यसहित सहकारी संस्थाहरुको सङ्ख्या र बैंकको सदस्य संख्याका आधारमा देशभरका थप ८५ ठाउँमा शाखा विस्तार गर्ने बैंकले योजना बनाएको हो । सञ्चालक समितिले शाखा सञ्चालनका लागि गठन गरेको कार्यदल र व्यवस्थापन व्यवस्थापनको अध्ययन तथा शाखा सञ्चालन गर्न सकिने आधारहरुलाई मध्येनजर गरेर देशभरका विभिन्न ८५ स्थानमा शाखा सञ्चालन गर्न उपयुक्त देखिएकोले शाखा सञ्चालन प्रक्रिया अगाडि बढाउन व्यवस्थापनलाई निर्देशन गरिएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

जिल्ला नछुट्ने गरी केही जिल्लामा थप शाखा समेत आवश्यक परेकोले शाखा सञ्चालन प्रक्रिया अगाडि बढाइएको अध्यक्ष उप्रेतीले बताउनुभयो । दिगो सहकारी भन्ने लक्ष्यका साथ अगाडि बढेको बैंकले हाल ३५ जिल्लामा ४४ वटा शाखा स्थापना गरी सदस्य सहकारी संघ संस्थाहरुसँग कारोबार गर्दै आइरहेको छ । बैंकमा हाल ११ हजार सहकारी संघ संस्था शेयर सदस्य, १ अर्ब ४५ करोड शेयर रकम, २० अर्ब निक्षेप, १७ अर्ब कर्जा लगानी र २५ अर्बको कुल कारोबार रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

यसैबीच बैंकको सञ्चालक समितिले शेयर थप गरी १ करोड पु¥याएकोमा सदस्य संस्था महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनसरीका अध्यक्ष तथा बैंकका सञ्चालक अमृता सुब्बालाई सम्मान गरेको छ । यस्तै बैठकबाट नेपाल सरकारको निर्णयानुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित भएका बैँकका सञ्चालक अमृता सुब्बा प्रवल जनसेवा श्री (चतुर्थी श्रेणी) पदक, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा बैँकका निवर्तमान सल्लाहकार केशवप्रसाद बडाल सु–प्रवल जनसेवा श्री (तृतीय श्रेणी) पदक, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल सु–प्रवल जनसेवा श्री (तृतीय श्रेणी) पदकलगायत सहकारीकर्मीलाई बधाई ज्ञापन गरिएको छ ।

यसैगरी, राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाका अध्यक्ष रामचन्द्र उप्रेती सु–प्रवल जनसेवा श्री (तृतीय श्रेणी) पदक, नेपाल कृषि केन्द्रिय सहकारी संघका उपाध्यक्ष तथा महारानी झोडा कृषि सहकारी संस्था, झापाका अध्यक्ष मिना ढकाल सु–प्रवल जनसेवा श्री (तृतीय श्रेणी) पदक तथा नेपाल कृषि केन्द्रिय सहकारी संघका कर्मचारी ज्ञानु कोइराला सु–प्रवल जनसेवा श्री (तृतीय श्रेणी) बाट विभुषितहरुलाई बधाई ज्ञापन गरिएको थियो ।

साथै, ६२ औँ सहकारी दिवसको अवसरमा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा सहकारी क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानित हुनुभएका राष्ट्रिय सहकारी महासंघका अध्यक्ष बडाल, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष तथा बैँकका निवर्तमान सल्लाहकार दिपक प्रकाश बासकोटा, नेपाल कृषि केन्द्रिय सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक खेम बहादुर पाठक लगायत सम्मानित पुरस्कृत सबै सहकारी संघ/संस्थाहरुलाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू