नेचुरल सहकारीले सुरु गर्यो एटिएम सेवा

  • बैशाख २६, २०७६

काठमाडौंको जोरपाटीमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा सुरु गरेको छ ।

संस्थाको १२ औं वार्षिक उत्सवको अवसरमा मङ्गलबार एटिएम सेवा सुरु गरिएको हो । नेचुरल सहकारीलाई आधुनिक तथा थप प्रविधि मैत्री बनाउने क्रममा एटिएम सेवा सञ्चालनमा ल्याएको संस्थाका कार्यकारी सञ्चालक विकल्प पाठकले बताउनुभयो । प्रविधिको प्रयोगबाट गरिएका कारोबारहरु पारदर्शी, सहज, छिटो र छरितो समेत हुने भएकाले संस्थाले प्रविधिको प्रयोगमा जोड दिँदै आइरहेको उहाँको भनाई छ ।

एससिटी नेटर्वकसँग सहकार्य गरी एटिएम सेवा सुरु गरिएको पाठकले बताउनुभयो । अब सहकारीका सदस्यले एससिटी नेटर्वकको एटिएम बुथमा गएर चाहेको समयमा तुरन्तै पैसा निकाल्न सक्नेछन् । यति मात्र नभई किनमेल गर्दा पनि कार्डको प्रयोग गर्न सकिने पाठकको भनाई छ । नेचुरल सहकारीलाई आधुनिक तथा थप प्रविधि मैत्री बनाउने क्रममा यस अघि नै ‘नेचुरल स्मार्ट बैकिङ’ को सुरु भैसकेको छ । त्यस्तै अनलाईनबाटै खाता खेल्न समेत सकिने ब्यवस्था नेचुरलले गरेको छ ।

एटिएम कार्डको सुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेतीले एटिएम सेवाले सदस्यलाई सहजता ल्याउने बताउनुभयो ।

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू