शैक्षिक अध्ययनका लागि सहकारी अभियानकर्मीको एक टोली थाइल्याण्डमा

  • बैशाख २६, २०७६

बचत तथा ऋण सहकारी अभियानकर्मीहरुको एक टोली आज थाइल्याण्ड प्रस्थान गरको छ ।

थाइल्याण्डको बैंकक र भियतनामका सहकारीहरुको शैक्षिक अध्ययनका लागि अभियानकर्मीहरु थाइल्याण्ड प्रस्थान गरका हुन् । शैक्षिक अध्ययन भ्रमणमा नेफ्स्कूनका पुर्व सञ्चालक द्वय इन्द्रराज ज्योती पौडेल, खेम सापकोटा, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव सापकोटा सहभागी हुनु भएको छ ।

यसैगरी, विकू साकोसका सञ्चालक समिति, लेखा समिति लगायत उच्च व्यवस्थापनका कर्मचारीहरु, कल्याणकारी साकोस, सामुदायीक साकोस, चन्द्रागिरी साकोस, जनउत्थान साकोस, कोलिय साकोस, पाँचतारा साकोस लगायत अन्य केही बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकहरु सहितको उक्त टोलीलाई नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौड्याल र नेफ्स्कून व्यवस्थापनको तर्फबाट संघका प्रशासन तथा समन्वय विभाग प्रमुख शिव अधिकारीले सफल सिकाईका लागि बिदाइ तथा शुभकामना प्रदान गर्नुभएको छ ।

एशियाली स्तरको (एक्सेस) ब्राण्ड प्राप्त गर्न सफल नेपालका बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिसम्मिलित उक्त टोलीले बैंकक र भियतनामको क्रेडिट युनियन मुभमेन्ट, क्रेडिट युनियनमा नयाँ प्रविधिको प्रयोग विधि र बचत तथा ऋण सहकारी संस्थाको सदस्य सेवा प्रभावकारीता विधिको सम्बन्धमा अध्ययन अवलोकन गरिने विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले जानकारी दिनुभयो ।

शैक्षिक अध्ययनमा सहभागी टोलीले बचत तथा ऋण सहकारी संस्थामा प्रविधि प्रयोगमा एकरुपता र संस्थागत विकासका लागि बैंकक र भियतनामका प्रारम्भिक क्रेडिट युनियन, राष्ट्रिय सहकारी बैँक र क्रेडिट युनियन फेडेरेसनको मोडालिटी बारे अध्ययन गर्ने कार्यक्रम रहेको छ ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू