तनहुँमा सहकारी शिक्षा तालिम सम्पन्न

  • बैशाख ३०, २०७६

तनहुँको शुक्लागण्डकी ७ मिलडाँडास्थित मिलन बचत तथा ऋण सहकारी संस्थामा सहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।

संस्थाको राष्ट्रिय सहकारी बैँक लिमिटेड दमौलि शाखाको प्राविधिक सहयोगमा सहकारी शिक्षा तालिम शनिबार सञ्चालन गरिएको हो । बैँकको आफ्नो कार्यक्षेत्रमा कारोबार गर्ने सहकारीहरुमा सुशासन कायम गर्न तथा सहकारी ऐन र सहकारी नियमावलीको बारेमा जानकारी दिने उदेश्यले तालिम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ बमोजिम सञ्चालक समिति, लेखा समितिको काम कर्तव्य अधिकार, सहकारीको कोषको व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्था र कर्जा लगानी तथा असुली सम्बन्धी नितिगत व्यवस्थाको बारेमा सहकारी बैँक दमौली शाखा तर्फबाट शाखा ब्यवस्थापन समिति तनहुँका संयोजक अमरबहादुर कुवँर र तनहुँ शाखा प्रमुख उपेन्द्र दाहालले प्रशिक्षण दिनु भएको थियो । शुक्लागण्डकी ७ मिलडाँडा स्थित शिव मन्दिरको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गाप्रसाद ढकालको अध्यक्षता रहेको थियो ।

यस्ता तालिक कार्यक्रमबाट सहकारी बैँकमा कारोबार गर्ने स्वच्छ र सक्षम सहकारीको सङ्ख्या बढ्ने विश्वास लिएको जनाइएको छ । कार्यक्रममा संस्थाका पदाधिकारी र कर्मचारी तथा शेयर सदस्यगरी १ सय २५ जनाको सहभागिता रहेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू