सूचना चौतारी सञ्चार सहकारीमा नयाँ नेतृत्व

  • जेष्ठ २, २०७६

सूचना चौतारी सञ्चार सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएको छ ।

सूचना चौतारीको छैठौं वार्षिक साधारणसभाले विपिन शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा भद्रा पराजुली भण्डारी, सचिवमा कमलराज अधिकारी, कोषाध्यक्षमा मनोज भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ । सञ्चालकमा राजेन्द्र पौडेल, ठाकुरनाथ आचार्य र रविन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य प्रकाश थापाले जानकारी दिनुभयो ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा कृष्ण अधिकारी, सदस्यमा रमिला श्रेष्ठ र सनोज भट्टराई निर्वाचित हुनुभएको छ । त्यसैगरी सल्लाहकारहरुमा ओमदेवी मल्ल, चन्द्रप्रसाद ढकाल, सूर्यबहादुर नकर्मी, रमेश रघुवंशी, कृष्णकुमार थापा मगर, नानु बास्तोला, राजु नेपाल लगायत मनोनित हुनुभएको छ ।

सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडबाट हरेकपल डट कम, सहकारी नेपाल डट कम, सहकारी नेपाल मासिक पत्रिका, योङ भ्वाइस अङ्ग्रेजी म्यागेजिन प्रकाशन भइरहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू