हेटौंडामा एक दिने साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

  • जेष्ठ ३, २०७६

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को आयोजनामा हेटौंडामा एक दिने साकोस जोखिम विश्लेषण कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।

कार्यशाला हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतको प्रमुख अतिथ्यता तथा नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बिहिबार सम्पन्न भएको होे । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागको सहयोगमा नेफ्स्कुनमा आवद्धता भएको सहकारी संस्था र अन्य साकोस संस्थालाई जोखिम विश्लेषण विषयमा कार्यशाला गरिएको नेफ्स्कुन मकवानपुर फिल्ड कार्यालयका ईन्चार्ज ज्योती महतले बताउनुभयो ।

कार्यशालालाई नेफ्स्कुनका कार्यक्रम अधिकृत सुरज चालिसे र विभाग प्रमुख राधेश्याम श्रेष्ठले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्री प्रसाद लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राधा सिन्तान, नेफ्स्कुनको मकवानपुर फिल्ड उपसमितिका सदस्य बिरेन्द्रप्रसाद ढुङ्गाना, राजु गौतम, कल्पना श्रेष्ठ, विष्णुमाया लामा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विभिन्न सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकगरी ७२ जनाको सहभागिता रहेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू