एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागी हुँदै चन्द्रागिरि साकोस

  • जेष्ठ ८, २०७६

थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागीता जनाउने भएको छ ।

चन्द्रागिरि साकोसमा मंगलबार आयोजित एक कार्यक्रमका बीच नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र संस्थाका अध्यक्ष शिवशंकर मानन्धरका बीच सम्झौता भएको हो । नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले असल काम गर्दैमा मात्र नपुग्ने बताउनुभयो ।

उहाँले असल कामलाई आधिकारिक निकायले असल गरेको हो भनेर भन्दिनु पनि पर्ने भएकोले एक्सेस कार्यक्रमले संस्थालाई गुणस्तरीय ढंगले सञ्चालन गर्न मार्गनिर्देश गर्दै तोकिएका मापदण्ड पुरा भएपछि प्रमाणिकरण गर्ने व्यक्त गर्नुभयो । यसैगरी, चन्द्रगिरि सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले चारवर्षीय रणनैतिक योजना बमोजिम आ.व. २०७५/०७६ को अन्तिम त्रैमासमा संस्थालाई गुणस्तरीय सुनिश्चितको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागीता जनाउने सम्झौता गरिएको जानकारी दिनुभयो ।

सहकारी संस्थाको वित्तिय, सदस्य, आन्तरिक व्यवसाय र सिकाई तथा समृद्धिको एक्सेस ब्राण्डिङ कार्यक्रमले अुनगमन गर्नेछ । उक्त कार्यक्रममा सहभागी भईसकेपछि संस्थाको वित्तिय सक्षमता बृद्धि हुनुको साथै सदस्य सन्तुष्टिको स्तर अभिवृद्धि हुने विश्वास लिईएको छ ।

एशियाली ऋण महासंघ (अक्कु)को सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) द्वारा सञ्चालित एक्सेस ब्राण्डिङ कार्यक्रम नेपालमा वि.सं. २०६३ साल देखि सञ्चालन हुँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू