APRACA को कार्यकारी समितिको बैठकमा सहकारी बैँकको सहभागिता

  • जेष्ठ २१, २०७६

Asia-Pacific Rural and Agricultural Credit Association (APRACA) को आयोजनामा जुन ६ देखी ७ सम्म सञ्चालन हुने जलवायु परिवर्तन विषयमा हुन लागेको कार्यकारी समितिको बैठकमा राष्ट्रिय सहकारी बैँक सहभागी हुने भएको छ ।

जापानको टोकियोमा सम्पन्न हुन गैरहेको ‘Establishing Resilience against Climatic Shocks: Role of Financial Institutions and 71st APRACA EXCOM’ मा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई सहभागिता जनाउन लाग्नु भएको हो । प्रमुख कार्यकारी अधिकृत गुरागाईलाई एक कार्यक्रममा बीच बिदाई तथा कार्यक्रम सफलताको शुभकामना प्रदान गरिएको छ ।

कार्यकारी समितिको बैठकबाट जलवायु परिवर्तनको विश्वव्यापी खतरा, जलवायु परिवर्तन र गैर–समावेशी वृद्धि, एशिया–प्यासिफिक क्षेत्रको विकास आशङ्काका लागि महत्वपूर्ण अवरोधहरु, जलवायु परिवर्तन नीतिहरु र समाधानहरु डिजाइन गर्ने र लागू गर्ने विषयमा बहसहरु र छलफल गर्ने कार्यक्रम रहेको छ । यसैगरी, क्षेत्रीय नीति फोरमको उद्देश्य एशिया–प्यासिफिक क्षेत्रमा समावेशी वृद्धि र जलवायु परिवर्तनको लचीलापन सँगै साथमा कसरी सुधार गर्न सकिन्छ भनेर बहसहरु र छलफलहरु प्रोत्साहित गरिने छ ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू