थाइल्याण्डमा आयोजना हुने विकास प्रशिक्षक तालिममा नेफ्स्कून सहभागी

  • जेष्ठ २४, २०७६

एशियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोगमा थाइल्याण्डमा आयोजना हुन गईरहेको विकास प्रशिक्षकहरुको तालिममा नेफ्स्कून सहभागी हुने भएको छ ।

यहिँ जेठ २६ देखि ३२ गतेसम्म थाइल्याण्डमा आयोजना हुने विकास प्रशिक्षकहरुको तालिम सहभागिताका लागि नेफ्स्कूनका दुई कर्मचारीहरु सहभागी हुन लागेका हुन् । तालिम कार्यक्रमको सहभागिताका लागि नेफ्स्कूनका तालिम अधिकृत केशव प्रसाद दहाल र कार्यक्रम अधिकृत भरतप्रसाद न्यौपाने आईतबार थाइल्याण्ड जाने कार्यक्रम रहेको छ ।

तालिमका सहभागीलाई बिदाई तथा शुभकामना दिँदै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले कर्मचारीहरुका लागि प्रदान गरिने उच्चस्तरीय तालिमले कर्मचारीहरुमा ज्ञान, शिप, क्षमताको अभिवृद्धि हुने र यसबाट कर्मचारीहरुमा कार्यप्रभावकारिता बढ्ने बताउनुभयो ।

सो तालिम कार्यक्रममा संगम साकोस कास्कीका वरिष्ठ व्यवस्थापक अपिल कोइराला र सुपर साकोस बर्दघाट नवलपरासीका अध्यक्ष विष्णु बस्नेतको पनि सहभागिता रहने जनाइएको छ ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू