ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारीद्वारा युनिसेक्स ब्युटी हब सुरु

  • जेष्ठ २७, २०७६

ललितपुरको लुभुस्थित ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ललित युनिसेक्स ब्युटी हब सञ्चालनमा ल्याएको छ ।

ब्युटिसियनहरुले सौन्दर्यको क्षेत्रलाई सहज, सवल बनाउने उद्देश्यकासाथ ब्युटी हब सञ्चालनमा ल्याइएको हो । ललित युनिसेक्स ब्युटीहबलाई बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरद महर्जनले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि महर्जनले महिलाको सौन्दर्य सीपलाई सहि सदुपयोग गर्न ललित युनिसेक्स ब्युटीहबले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष मिनाकुमारी रिमालले देशका हरेक काम सहकारीको माध्यमबाट सम्भव रहेको बताउदै सौन्दर्यको क्षेत्रमा पनि अरुभन्दा फरक ढङ्गले काम गर्ने लक्ष्यकासाथ ललित युनिसेक्स ब्युटीहब सञ्चालनमा ल्याएको बताउनुभयो । महिला पुरुष दुवैलाई सहजै सौन्दर्य सेवा दिने व्यवस्था मिलाइएको उक्त ललित युनिसेक्स ब्युटी हबमा अत्याधुनिक प्रविधिकासाथ सौन्दर्यका हरेक सेवा उपलब्ध रहेको अध्यक्ष रिमालले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू