सहकारीको चर्को ब्याज प्रति मन्त्री अर्यालको गुनासो

  • जेष्ठ २७, २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी जनताको संस्था हुँदाहुँदै पनि पनि चर्को ब्याज लगाएको गुनासो गर्नु भएको छ ।

सहकारी विभागले पोखरामा आयोजना गरेको प्रदेश तथा स्थानीय तहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रवर्द्धन कार्यशालामा मन्त्री अर्यालले यस्तो बताउनु भएको हो । उहाँले सहकारले चर्को व्याज लगाएको भन्दै सहकारीहरु प्रति असन्तुष्ट समेत व्यक्त गर्नुभयो ।

जनताको सिधा पहुँच रहेका सहकारीले चर्को ब्याज लिन नहुने बताउदै सदस्यले धान्न नसक्ने ब्याजदरको भार सर्वसाधारणलाई नथोपर्न सहकारीलाई सुझाव दिनुभयो । “सहकारीमा अधिकांश न्यून आय भएका शेयर सदस्य रहेका छन् । शेयर सदस्यले धान्न नसक्ने ब्याजदर निर्धारण गर्नु भएन”, मन्त्री अर्यालले भन्नुयभयो ।

मन्त्री अर्यालले ग्रामीण तथा विपन्न वर्गको पहुँच पुर्याउने गरी कार्यक्षेत्र विस्तार गर्न सहकारीहरूलाई सुझाव समेत दिनुभयो । स्थानीय समुदाय र महिलाको उद्यमशीलताको विकासमा ध्यान दिन उहाँले सहकारीहरूलाई आग्रह गर्नुभयो ।

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू