पानस सहकारीको एक दिने चुरापोते बनाउने तालिम सम्पन्न

  • जेष्ठ २८, २०७६

पानस बचत तथा ऋण सहकारी संस्थाले एक दिने चुरापोते बनाउने तालिम सञ्चालन गरेको छ ।

संस्थाले महिला सदस्यहरुको सीप विकास कार्यक्रम अन्तर्गत तालिम आयोजना गरेको हो । संस्थाको महिला उपसमितिको आयोजनामा भएको कार्यक्रममा प्रशिक्षक शर्मिला श्रेष्ठले सहभागी महिला सदस्यहरुलाई तालिम प्रदान गर्नु भएको हो ।

संस्थाले निकट भविष्यमा दुबोको माला र सुपारी सजाउने तालिम समेत आयोजना गर्ने तयारी गरेको संस्थाका प्रबन्धक रोशन मानन्धरले जानकारी दिनुभयो । नेवारी समुदायले विभिन्न चाडवाड मनाउने गरेको र ती चाडपर्वलाई लक्षित गरी सदस्यहरुलाई विभिन्न प्रकारका मिठाइ बनाउने तालिम सञ्चालन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

बनेपा नगरपालिका वडा नं ८ मा रहेकोसंस्थाको शेयरपुँजी ७२ लाख ५६ हजार, बचत सङ्कलन ६ करोड ४५ लाख र ऋण लगानी ६ करोड २४ लाख रहेको छ । संस्थामा हाल १९ हजार ८८ शेयर सदस्य र १ सय ३२ बाल बचतकर्ता रहेका छन् । संस्थाले व्यापार व्यवसाय, कृषि, हायरपर्चेज, आवास निर्माण लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । बचत ऋणका अलावा संस्थाले आइ.एम.ई, हिमाल र प्रभु रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।

महिला उपसमिति संयोजक राजेश्वरी कायस्थको सभापतित्वमा सम्पन्न तालिममा ३३ जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू