सहकारी सम्पत्ति शुद्धिकरणमा सबैभन्दा बढी महासंघ चिन्तित : अध्यक्ष बडाल

  • जेष्ठ २९, २०७६

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले बदनियतले सहकारीलाई बदनाम गर्न कसैलाई छुट नभएको बताउनु भएको छ ।

अध्यक्ष बडालले सहकारी संघ/संस्थाहरुको सम्पत्ति शुद्धिकरणका लागि राष्ट्रिय सहकारी महासंघ अन्य बैंक तथा वित्तिय संस्थाहरु भन्दा बढी चिन्तित रहेको बताउदै यस्तो बताउनु भएको हो । सहकारी विभागको सहयोगमा महासंघद्वारा मङ्गलबार आयोजित एक दिने ‘सदस्य केन्द्रीयता सूचकाङ्कका आधारमा संस्थागत विकास मापन प्रणाली कार्यान्वयन कार्यशाला गोष्ठी’ मा बताउनु भएको हो ।

पानी भन्दा मह पातलो भए जस्तै वित्तिय कारोबार मह जस्तै तरल र संवेदनशील हुने स्पष्ट पार्दै अध्यक्ष बडालले वित्तीय कारोबार गर्ने सहकारी संघ/संस्थाले सदस्यहरूसँग मात्र कारोबार गर्नुपर्ने बताउनुभयो । उहाँले अन्य उपभोक्ता, स्वास्थ्य, यातायात लगायतका सहकारीहरुले सदस्यका साथै अन्य आम उपभोक्ताहरुलाई पनि सेवा पु¥याउन पर्ने विचार व्यक्त गर्नुभएको थियो ।

सहकारीको उत्पादन र सेवालाई आम उपभोक्ताहरुले उपभोग गर्न पाउने कुरामा जोड दिंदै उहाँले सहकारी सदस्यहरुलाई मात्र उपभोक्ता मान्यो भने सहकारी संघ÷संस्थाहरुलाई बन्द गरेर केवल निजी क्षेत्रलाई ढोका खुल्ला गरिने ठोकुवा गर्नुभयो । अध्यक्ष बडालले सम्पूर्ण सहकारी संघ/संस्थाहरुले सदस्यता केन्द्रीयता सूचकाङ्कका आधारमा संस्थागत मापन प्रणाली बुझ्न आवश्यक रहेको कुरामा समेत जोड दिनुभयो ।

कार्यक्रमका अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेलले आइसीएको परिभाषामा सदस्यको स्वामित्व नै सदस्यता केन्द्रीयता भएको बताउँदै सहकारी संघ/संस्थाहरुले अब वातावरण संरक्षण र पर्यावरणका क्षेत्रमा पनि सक्रियता बढाउन आवश्यक रहेको बताउनुभयो । त्यस्तै, महासंघका उपाध्यक्ष तथा आईसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारी संघ/संस्थाहरु अरुभन्दा अब्बल हुनुका साथै आफ्ना सदस्य, समुदाय र समाजबाट सम्मानित हुुनुपर्ने कुरामा जोड दिंदै ‘सदस्य केन्द्रीयता सूचाङ्कका आधारमा संस्थागत विकास मापन प्रणाली कार्यान्वयन कार्यशाला गोष्ठी’ले सहकारीकर्मीहरुलाई सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सहकारी मार्फत समृद्धिको लक्ष्य हासिल गर्न सरकार प्रयत्नशील रहेको बताउँदै उहाँले जिल्ला सहकारी संघको नेतृत्वले प्रारम्भिक सहकारी संस्थाहरुलाई उद्यमशीलताका लागि जागृत गराउनु पर्ने बताउनुभयो । कार्यशालामा काठमाडौं, उपत्यका लगायत काभ्रे, बारा, गुल्मी, कास्की, जिल्ला सहकारी संघ र संस्थाका ५५ जना सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू