तनहुँको सुनौलो भविष्य र नयाँ गोरेटो कृषि सहकारी गाभिए

  • जेष्ठ ३०, २०७६

तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित दुई कृषि सहकारी संस्था एकआपसमा गाभिएका छन् ।

सुनौलो भविष्य कृषि सहकारी संस्था र नयाँ गोरेटो कृषि सहकारी संस्था गाभिएका हुन् । एकीकृत सहकारी संस्थाको साधारणसभाबाट सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था गठन गरिएको छ । जसकोको अध्यक्षमा विष्णु अधिकारी चुनिनु भएको छ ।

समान उद्देश्य र समान भूगोलका सहकारी संस्थाहरू एकीकरण अभियानलाई सघाउन पटक–पटकको छलफल र समझारीपछि एकीकरण प्रक्रिया टुंगिएको अध्यक्ष अधिकारीले बताउनुभयो । ‘एक घर एक सेयर, एक सहकारी एक उत्पादन’ मार्फत कृषि र पशुजन्य वस्तुको उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउने सहकारीको मूल उद्देश्य रहेको बताइएको छ ।

२०६८ सालमा स्थापित सुनौलो भविष्य र २०६९ मा स्थापित नयाँ गोरेटोले द्रुतगतिमा काम गर्न नसकेको अवस्थामा आर्थिक रुपमा सबल हुन र सहकारीका कार्यहरू अझ विस्तार गर्न एकीकरणको आवश्यकता महसुस गरी एकीकरण गरिएको सचिव राजु आचार्यले जानकारी दिनुभयो ।

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू